जनताको दैलो नटेक्ने अनि कसरी आउँछ भोट ? : देउवा

Sher Bahadur Deuba
लाेकपाटी न्यूज

काठमाडौं, १३ असोज। प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कोलाई गुटगत राजनीति गरेको आरोप लगाउन छोडेका छैनन्। प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ।

केन्द्रका शीर्ष नेतादेखि गाउँका साधारण कार्यकर्तासम्मको एउटै भनाइ छ, ‘कांग्रेसले आन्तरिक गुट–उपगुट त्यागेर एकढिक्का नभएसम्म गुमेको साख फर्काउन सकिँदैन।’ नेपाल शिक्षक संघ काभ्रेले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा शिक्षक सम्मान कार्यक्रममा सभापति शेरबहादुर देउवाले जनता सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै जनताको सुख–दुःखमा साथ दिन कांग्रेसका आम नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवाको समेत चेत खुलोस् भन्दै हामीले व्यक्तिगत स्वार्थका लागि मात्र काम गरिराखेका छौं कि देश र जनताका लागि पनि काम गरिरहेका छौं भन्दै उनले पार्टी सभापतिलाई पार्टी्िभत्र समानताको व्यवहार गर्न आग्रह गरेका थिए। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।