धादिङ बस दुर्घटनाः घाइते चारको हेलिकोप्टरबाट उद्दार

Dhading_bus_accident
लाेकपाटी न्यूज

धादिङ, १२ असोज। धादिङको नीलकण्ठ नगरपालिका १३ मा यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना यात्रुको सेनाको हेलिकोप्टरमार्फत् उद्दार गरिएको छ।

नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये ४ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो।

गम्भीर घाइते ४ जनाको जिल्ला अस्पताल धादिङबेसीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । ७ जना यात्रु रहेको बस पल्टिर धान खेतमा खसेको थियो। प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्