जलवायु परिवर्तनले मानवीय अस्तित्व खतरामा : मन्त्री ज्ञवाली

Pradeep_gyawali
लाेकपाटी न्यूज

काठमाडौं, १२ असोज। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शक्तिशाली राष्ट्रहरूको आर्थिक वृद्धि असामान्य वृद्धि हुँदा कम विकसित देशलाई गहिरो असर पर्दै गएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाल लगायतका कम विकसित, भूपरिवेष्टित र साना टापु राष्ट्रले आर्थिक असुरक्षा र असन्तुलन भोग्नु परिरहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘विश्व आज एउटा चउरमा उभिएको छ र विश्वको सन्तुलन अतुलनीय ढङ्गले रूपान्तरण भइरहेको छ,’ उनले भने, ‘धेरै समस्या हिजो पनि समाधान गर्न सकिएको थिएन र आज धेरै नयाँ चुनौती थपिइरहेका छन्। ’ उनले विश्वमा अवसर र आम्दानी तथा प्रविधि र क्षमताको असमानता बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घमा ध्यानाकर्षण गराए ।

जलवायु परिवर्तनको खतरा हाम्रो जिम्मेवारीभन्दा माथि उक्लिइसकेको भन्दै मन्त्री ज्ञवालीले त्यसबाट उत्पन्न चुनौतीले पृथ्वीकै दिगोपना र मानवीय भविष्यको अस्तित्वमा खतरा उत्पन्न गराएको औँल्याए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्