भारतले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ : नरेन्द्र मोदी

Narendra Modi india
लाेकपाटी न्यूज

काठमाडौं, ११ असोज। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन्। शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ। पूरा विश्वलाई शान्तिको सन्देश दिएको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनमा कैयौँ मुद्दा उठाएका छन्। उनले पाकिस्तानको नाम नलिइ घुमाउरो पारामा पाकिस्तानमाथि कडा टिप्पणी गरेका छन् ।

आतंकवाद पूरा विश्वका लागि खतरा भएको भन्दै उनले भने, ‘हाम्रो आवाजमा आतंकवादविरुद्ध विश्वलाई सतर्क गराउने गम्भीरता पनि छ र आक्रोश पनि।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद कुनै एक देशको समस्या मात्रै नभएर, पूरा विश्वकै समस्या भएकाले सबै एकजुट भएर यसविरुद्ध लड्नुपर्ने बताए। संयुक्त राष्ट्र संघको शान्ति मिसनमा भारतले सबैभन्दा ठूलो बलिदानी दिएको पनि मोदीले बताए। एजेन्सी