शिक्षक लाइसेन्सकाे प्रश्नपत्रमै उत्तर भेटियाे

tsc
लाेकपाटी न्यूज

काठमाडौं, १० असोज। प्रश्नपत्रमा नै उत्तर भेटिएपछि परीक्षा स्थगित गरिएको छ। प्रश्नपत्रमा नै उत्तर भेटिएपछि गुल्मीमा ४० मिनेट परीक्षा स्थगित गरिएको हो।

नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमति पत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगित गरिएको थियो। रेसुङ्गा बहुमूखी क्याम्पसको केन्द्र ‘क’ मा अङ्ग्रेजी बिषयको समूह ‘घ’ को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगित गरी पुन परीक्षा गराइएको केन्द्राध्यक्ष राम बहादुर थापाले जानकारी दिए।

प्रश्नपत्रमा समावेश हुने सबै ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा नै छापिएको थियो। केन्द्राध्यक्ष थापाले आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तर कुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनः परीक्षा गराइएको बताए।

नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यहि समस्या आएको उनले बताए। सोहि केन्द्रमा परेका अन्य प्रश्नपत्रहरू ठिक भएकोले तोकिएकै समयमा नै परीक्षा सञ्चालन भएको थियो। शिक्षक सेवा आयोगले असोज ९ गतेदेखि ११ गतेसम्म प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा लिइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्