यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडौं, ९ असाेज। मन्त्रिपरिषदको असोज ७ गते बसेको बैठकलेसरकारले नेपाल ट्रष्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने लगायतका १४ वटा निर्णय गरेको छ। बिहीबार मन्त्रालयमा निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा साे बारे सूचना तथा सञ्चार प्रविधि मन्त्री गाेकुल बाँस्काेटाले जानकारी दिएका हुन्।

बैठकले एसिड आक्रमणबाट घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवम् जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यस्तै नेपाल र अस्ट्रेलिया सरकारबीच हजाई सेवा सम्झौता प्रारम्भिक हस्ताक्षर गर्ने, मोरङ जिल्ला प्रशासनबाट शम्भुप्रसाद मण्डलको नामबाट जारी भएको नेपाली नागरिकता रद्द गर्नेलगायतको निर्णय पनि बैठकले गरेको छ।

यी हुन् मन्त्रिपरिषदका १४ निर्णयः 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्