काठमाडौं, ९ असोज । ललितपुर, महानगरपालिका४ नख्खुस्थित चितवन घर भएका ३४ वर्षीय अर्जुन सापकोटाको प्याराडाईज ड्राईभिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा सहित ६ जनालाई नगद ५९ हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
दाङ, तुलसीपुर उपमहानगरपालिका ६ गाईडर बस्ने ५४ वर्षीय भिमसेन लहरेको घरमा जुवातास खेलिरहेको अवस्थामा भिमसेन लहरे समेत ५ जनालाई नगद ६१ हजार २ सय १० रुपैयाँ र ४ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



लाेकपाटी न्यूज
