काठमाडौं, ९ असोज। इन्डोनेसियाको संसदबाहिर नयाँ प्रस्तावित कानूनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ।
प्रस्तावित कानूनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ। यस्तै, सो नयाँ प्रस्तावित कानूनअनुसार राष्ट्रपतिको विरोध गर्नु अपराध मानिनेछ ।
सो मस्यौदा कानूनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भएको छ। मस्यौदा कानून पारित भएर कानून कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ। भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मानिनेछ।
यस्तै, बिवाहपूर्ण यौनसम्बन्ध राख्नु अपराध मानिनेछ। जसमा आरोपीलाई एक वर्ष जेल सजाय हुनेछ। विवाह नगरीसँगै बसेमा ६ महिना जेल सजायको व्यवस्था गरिएको छ। राजधानी दैनिकले खबर छापेको छ ।



लाेकपाटी न्यूज

