दशैं तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने

लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। यो वर्षको दशैं तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने भएको छ । कृषि तथा पशुन्छी विकास मन्त्रालयले प्रमूख चार्ड पर्व लक्षित पशुपन्छी र पशुजन्य पदार्थको आपूर्ति योजना बनाएर लागू गरेका कारण माछामासुको अभाव नहुने भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले निरोगिताको प्रमाण पत्रबिना खसीबोका आयातमा प्रतिवन्ध लगाएपछि माछामासुको हाहाकार भयो भनेर केही सीमित बिचौलियाहरुले भ्रम छर्ने कोसिस भएकोमा मन्त्री खनाल आफ्नो अडानबाट पछि नहटेपछि व्यवसायीहरुले नेपाली खसी/बोका/राँगा लगायतका पशुबस्तुलाई स्थानीय स्तरमा संकलन र बिक्रि वितरणमा प्राथमिकता दिएको र आवश्यक प्रक्रिया पुर्‍याइ निरोगिताको प्रमाण पत्रसहित छिमेकी मुलुकबाट आयात सुरु गरेकोले नेपालमा मासुका लागि आवश्यक खसीबोका लगायतका पशुबस्तुहरुको अभाव नहुने भएको हो ।

मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य शहरहरुमा खसी बोकाको औसत माग संख्या प्रतिदिन १८४० रहेकोमा २ हजार ३० वटा नेपाली बजारबाटै आपूर्ति भइरहेको छ । दशैंको ७ दिन र अन्य चाडको मुख्य दिनसहितको दश दिन काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुको औसत माग प्रतिदिन ५००० पुग्ने अनुमान अनुसार बर्षभरि मासुका लागि आवश्यक खसी÷बोकाको संख्या करिब ५०,००० हुन आउने देखिन्छ ।

विगत वर्षहरुको तथ्याङ्क बिश्लेषणबाट मुख्य चाडबाडको दश दिनमा आवश्यक माग ५००० मध्य २५०० खसीबोका काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा बंशी शर्माले बताए । यस हिसाबले काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुमा दशैंको ७ दिन र अन्य चाडको मुख्य दिनमा खसी, बोका र च्याङ्ग्राको कुल माग संख्या ५० हजार (२५ देखि ३० के.जी प्रति जनावर ज्यूँदो तौल हुन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रमुख चाड लक्षित पशुपन्छी तथा पशुजन्य उत्पादनको आपूर्ति, गुणस्तर नियमन तथा बजार अनुगमन योजना, २०७६ अनुसार, ‘हेफर इन्टरनेशनलसँग आवद्ध सहकारीमार्फत ५ हजार, बाख्रा व्यवसायी महासंघ मार्फत् १३ हजार, खसी बोका व्यवसायीमार्फत १५ हजार, खाद्य संस्थान मार्फत् २५००, खसीबोका र संस्थान एवं व्यापारीमार्फत १० हजार ५ सय च्यांग्रा र स्थानीय व्यापारी मार्फत पोखराका लागि ५हजार च्यांग्रा गरी कुल ५१ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने कार्य योजना बनाई लागू गरिएको महानिर्देशक शर्माको भनाई छ । यो संख्या मागभन्दा एक हजार बढी हो ।

यसअघि उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी र स्वदेशी उत्पादनलाई जोड दिँदै मन्त्री खनालले निरोगिताको प्रमााण पत्र विना भारतबाट खसी बोका आयातमा प्रतिवन्ध लगाएका थिए ।

जसका कारण भारतबाट खसीबोका आयात ठप्प भएकोमा हालसालै नेपालमा भारतीय मत्स्यपालन, पशुपालन तथा डेरी मन्त्रालयबाट जारी निरोगिताको प्रमाणपत्र, क्वारेन्टाइन प्रमाणपत्र सहित खोप लागेका, ट्याग नम्बर सहितका खसीबोकाहरु प्रकृयागत रुपमा कर तिरि नेपाल भित्रिने क्रममा रहेको मको सुरुवात भएको पशु क्वारेन्टाइनका उपमहानिर्देशक सम्झनाकुमारी काफ्लेले जानकारी दिइन् । गत सोमबार मात्र यसरी १५० खसीबोका कपिलबस्तु नाकाबाट बाकेको एम एस सप्लायर्सले भित्र्याएको काफ्लेको भनाई छ ।

त्यस्तै काठमाडौं उपत्याका, अन्य ठूला शहर र साना हाटबजारमा दैनिक दुई दुई सयका दरले ६ सय राँगामैसीको मासु खपत हुने गरेको छ । यो संख्या वार्षिक २ लाख १९ हजार हुन्छ । मन्त्रालयको तथ्यांकअनुसार त्यसमध्ये २ लाख ८ सय राँगाभैसीको माग नेपालकै उत्पादनले धान्ने देखिेएको छ ।

अस्वभाविक मूल्य बृद्धि किन ?
दशै तिहार नजिकिएसँगै खसीबोकाको मूल्य आकासिएको गुनासो उपभोक्ताले गरेका छन् । एक किलो खसीको मूल्य १३–१५ सयसम्म पुगेको गुनासो उपभोत्ताहरुको छ । भारतबाट खसीबोका आयात नभएको र चार्डवार्डले च्याप्दै लगेपछिव्यापारीहरुले मिलोमतोमा मूल्य बृद्धि गरेका छन् । तर यसरी मूल्य बृद्धि गर्नु पर्ने जायज कारण र अवस्था नभएको पशु सेवा विभागका महानिर्देशक डा शर्मा बताउँछन् ।

महानिर्देशक शर्माका अनुसार व्यापारीले किसानबाट प्रतिकिलो जिउँदो खसी३५०–४५० रुपैयाँमा खरिद गरी ढुवानी गरिएका खसीबोका काठमाडौंमा ६००–६८० रुपैंया प्रति केजीमा बिक्री बितरण भई रहेको सन्दर्भमा हाल उपभोक्ताले तिर्नु परेको तयारी मासुको मुल्य स्वभाविक र न्यायोचित देखिँदैन ।

यस सन्दर्भमा उपभोक्तासम्म पुग्ने मासुको स्वस्थता र गुणस्तर नियमनका साथै प्रभावकारी बजार अनुगमनका लागि जनशक्ति सहित आवश्यक व्यवस्थापन गर्न मन्त्रालयका सचिव प्रकाश माथेमाले निर्देशन दिएको मन्त्रालयले जनाएकाे छ । बजार अनुगमन र नियमन गर्ने अधिकार आपूर्ति व्यवस्था विभागलाई भएकोमा मुल्यबृद्धि नियन्त्रण हुन सकेको देखिँदैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्