चितवन, ८ असोज। नेपाली कांग्रेसका प्रमूख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले चीनकोे भएको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन्। प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिस्ट शासन ल्याउन भोट नहालेको दाबी गरे।
नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने बताए।सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताए।
कांग्रेसले देशव्यापी रूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै उनले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताए।



लाेकपाटी न्यूज

