कांग्रेस उपसभापतिसहित ५० कार्यकर्ता नेकपामा प्रवेश

congress
लाेकपाटी न्यूज

मोरङ, ८ असाेज । माेरङमा नेपाली कांग्रेसका साविक सिंहदेवी गाविसका उपसभापति पृतबहादुर लिम्बूसहित ५० बढी सक्रिय कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन्। उपसभापति लिम्बूसहित सेरबहादुर लिम्बू ,यमन मुसङ र साविक सिंहदेवी ६ का सबैजसो नेपाली कांग्रेसका पुराना कार्यकर्ता र ७ नम्बरका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन्।

पार्टी एकीकरणपछि झण्डै डेढवर्षसम्म अलमलमा रहेको नेकपा पार्टी कमिटीले पार्टी एकता प्रक्रियालाई अन्तिम विन्दुमा पुर्याएसँगै नेकपा केराबारी गाउँपालिका कमिटीले संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ ।

मोरङकाे स्थानीय तह अन्तर्गत रहेका विभिन्न नगर तथा गाउँपालिका कमिटीको नेतृत्वसहित दर्जनौं कांग्रेस कार्यकर्ताहरु नेकपामा प्रवेश गर्न थालेका छन् । यसरी पार्टी संगठन विस्तार अभियान अन्तर्गत केराबारी गाउँपालिका कमिटीको वडा नं २ सिंहदेवीमा ठूलो संख्यामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्तासहित दर्जनौं नेकपामा प्रवेश गरेका हुन् ।

त्यसै गरी देवी लिम्बूको संयोजकत्वमा २६ सदस्यीय वडा कमिटी गठन पश्चात् शपथ ग्रहण कार्यक्रम भएको नवगठित कमिटीका अध्यक्षले जानकारी दिएका छन्।उक्त कमिटीका सचिवमा रविन काम्बाङ चयन भएका छन।

केराबारी गाउँ कमिटीका अध्यक्ष राम कार्कीको सभापतित्वमा भएको कार्यक्रम सचिव जङ्ग खवासले सन्चालन गरेका थिए । कार्यक्रममा नेकपा नेकपाका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज महेश रेग्मीको उपस्थितिमा भएको सो कार्यक्रममा प्रदेश सदस्यहरु डिपि राई,डिल्लीराम शर्मा अधिकारी जिल्ला सदस्य शान्ती भुजेल, केराबारी गाउँ कमिटीका सदस्यहरु नारायण भुजेल,खड्ग लुइँटेल लगायतको उपस्थिती रहेको थियो ।