करेन्ट लागेर होटल सञ्चालक दम्पत्तिसहित तीन जनाको मृत्यु

karent pic
लाेकपाटी न्यूज

काठमाडौं,८ असोज । धनुषाको एउटा होटलमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा होटलका सञ्चालक ५० वर्षीय शिवकमार महतो, उनकी ४० वर्षीया श्रीमती र त्यसै होटलमा काम गर्ने ४० वर्षीय एक महिला रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।

मंगलवार रातिको समयमा होटलमा रहेको फ्रिजमार्फत करेन्ट लाग्दा तीनै जनाको मृत्यु भएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्