कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा : नेपालबाट ‘सी विचारधारा’ को परीक्षण

pic2
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ। यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुबै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनकै नाममा अगाडि सारिएको कार्या्दिशामाथि पार्टीगत अन्तरक्र्रिया गरिएको हो।

तत्कालिन एमाले र माओवादी पार्टीबीच एकीकरण भएपछि पनि छुट्टाछुट्टै माध्यमबाट आपसी सम्बन्ध रहँदै आएकामा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार औपचारिक समझदारीसमेत भएको छ।

नेकपाका विदेश विभाग प्रमूख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका सीपीसीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमूख सोङ ताओले पार्टीगत सहयोग, भ्रमण आदानप्रदानसँगै विचार आदानप्रदानका विषयमा समझादारीमा हस्ताक्षर गरेका हुन्। यो समाचार दुर्गा खनालले कन्तिपुर दैनिकमा लेखेका छन्।