काठमाडाैं, ७ असाेज। नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट नारायणमान बिजुक्छेंकाे अध्यक्षतामा २८ सदस्य कार्य समिति चयन भएको छ ।
मंगलबार बसेको पार्टीको बैठकले सचिवालय गठन गरेको छ । जसमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति र नन्दबहादुर शाही रहेका छन् ।
केन्द्रीय सदस्यहरुमा डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिंह विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह रहेका छन् ।
कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक केन्द्रीय सदस्य छन् । आजको बैठकले रविन्द्र ज्याख्व केन्द्रीय सदस्य र राजेन्द्र चवाल र नारायणबहादुर दुवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त गरेको नेमकिपाले जानकारी दिएको छ ।
नेमकिपाले प्रदेश संयोजक समेत तोकेको छ । जसमा प्रदेश १ मा उकेश कवां, २ मा सुरेन्द्रराज गोसाई, ३ मा प्रेम सुवाल, गण्डकीमा डिल्लीप्रसाद काफ्ले, ५ मा हरिसुन्दर वासी, कर्णालीमा सरोजराज गोसाई र सुदुरपश्चिम प्रदेशमा नन्दबहादुर शाहीलाई चयन गरेको हो ।



लाेकपाटी न्यूज

