काठमाडौं, ७ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारी सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन्।
मन्त्री विष्टले श्रमिकको हित हुने गरी रोजगारीको अवसर सृजना गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।मंगलबारबाट काठमाडौंमा सुरु भएको विश्व ट्रेड युनियन महासंघ अन्तरगतको ‘एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’ को उद्घाटन गर्दै उनले विश्वमा युद्ध र युद्धमा प्रयोग हुने हतियारका लागि गरिएका सबै लगानी रोजगारीको अवसर सृजना गरेर मानव जातिको हित र कल्याणका लागि उपयोग गर्नुपर्ने पनि स्पष्ट पारे।
मन्त्री विष्टले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै एसिया प्रशान्त क्षेत्रको श्रमिकको हितमा काम गर्न नेपाल सरकार तयार रहेको पनि बताए। मन्त्री विष्टले नेपालले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामलाई तीव्रता दिएको दाबी गरे।



लाेकपाटी न्यूज

