ताताेपानी नाका दश दिन बन्द हुने

लाेकपाटी न्यूज

काठमाडाैं, ६ असाेज। अविरल वर्षाले तिब्बतको खासा बजार नजिक रमिते भन्ने ठाउँमा सडकको बीच भाग चर्किएपछि दश दिनका लागि चीनसँगको मुख्य नाका तातोपानी नाका बन्द भएको छ । सडकको बीच भागमा करिब डेढ सय मिटर चर्किएको छ ।

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ–दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए । नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यसैबीच, यस नाकाबाट भूकम्पपछि यस पालाको दशैँका लागि करिब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात–आठ टोली तिब्बत गइसकेकाले अबको तीन–चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्