सुनसरी, ५ असोज। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताएका छन्। थारु समुदायको जितिया पर्वमा सहभागी हुन अँइतबार सुनसरी पुगेका प्रचण्डले यस्तो बताएका हुन्।
पार्टीलाई नयाँ शीराबाट गति दिनेबारे छलफल भइरहेको छ,‘ पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने’, उनले भने, ‘सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन। थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो। भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धि हो।
चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन्।’
भ्रष्टाचारविरुद्ध सरकार र पार्टी अगाडि बढिरहको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको पनि बताए। ‘हामीले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका छौं।



लाेकपाटी न्यूज

