पर्यटक बस दुर्घटना, ४ नागरिकको मृत्यु

Accidents
लाेकपाटी न्यूज

काठमाडौं, ५ असोज। अमेरिकामा चिनियाँ पर्यटक सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। अमेरिकाको युटा राज्यमा गुडिरहेको बस बाटो छेउको रेलिङमा ठोकिएर दुर्घटना भएको हो।

दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन्। दुर्घटनाको खबर पाउने बित्तिकै उद्धारका लागि ३ वटा हेलिकप्टर तथा आपतकालीन उद्धारका सवारी साधन घटनास्थल पुगेका थिए। घाइते तथा ज्यान गुमाउनेहरु सबै चिनियाँ नागरिक हुन्।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बसका चालक चिनियाँ मुलका अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ। एजेन्सी