नेकपाले टुंगो लगायो ६ महानगरका अध्यक्ष र सचिव (सूचिसहित)

Nepal communist party meeting
लाेकपाटी न्यूज

काठमाडौं, ४ असाेज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएका छ ।शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले एकता प्रक्रियाअन्तर्गत ६ महानगरका अध्यक्ष र सचिवको टुंगो लगाएका हो ।

सचिवालय बैठकका अनुसार काठमाडौं महानगरपालिका अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै गरी ललितपुर महानगरका अध्यक्षमा मञ्जरी कायस्थ र सचिवमा ज्ञानेन्द्र शाक्य छानिएका छन् । पोखरा महानगरको अध्यक्षमा दिपक पाैडेल र सचिवमा विश्वप्रकाश लामिछाने चयन भएका छन् ।

त्यस्तै, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा छानिएका छन् । विराटनगर महानगरमा सागर थापा अध्यक्ष र सचिवमा हेम कार्की चयन भएका छन् । वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा चयन भएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्