काठमाडाैं, ४ असाेज। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको केन्द्रीय सचिवालयको बैठक चलिरहेकाे छ। शनिबार अपरान्ह ४ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो।
बैठकमा पार्टी एकताका बाँकी कामबारे छलफल भइरहेकाे अध्यक्ष पुष्पकाल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि धेरै जनवर्गीय संगठनको एकता टुंगिए पनि प्रवास लगायतका केही संगठनको एकता प्रक्रिया बाँकी नै रहेको छ।
त्यस्तै प्रदेश २ का केही जिल्लाको एकतामा समस्या देखिएको र जिल्लाहरुको शपथ ग्रहण कार्यक्रममै झडपको अवस्था समेत सिर्जनका भएको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।



लाेकपाटी न्यूज

