काठमाडौं, ४ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको बढिरहेको सैन्य शक्तिमाथि चिन्ता व्यक्त गरेका छन्। चीनले आफनो सैन्य शक्ति बढिरहेको भन्दै यो सबै वामपंथी राष्ट्रहरुका लागि नै खतरा भएको बताए।
शुक्रबार सञ्चारकर्मीहरुसंग बोल्दै ट्रम्पले भने ‘निश्चितरुपमा नै चीन विश्वको लागि यस कारण पनि खतरनाक छ की उसले ठूलो संख्यामा शक्तिशाली सेनाहरु बनाइरहेको छ। साच्चै भन्ने हो भने चीनले अमेरिकी पैसाको पनि प्रयोग गरिरहेको छ’। चीनले सेनामाथि गर्ने खर्च लगातार बढाइरहेको छ।
उसले यस पटक ७ प्रतिशत खर्च बढाएर १५२ अरव डलर सेनामाथि मात्र खर्च गरेको छ। चीनको मूख्य लक्ष्य भनेको विवादित दक्षिण चीन सागरमा अमेरिकाको बढिरहेको दबाब निस्तेज पार्नु पनि हो। त्यसैले उसले आफनो सेनालाई निकै शसक्त बनाउँन अरर्र्बौ डलर खर्च गर्ने गर्छ।
यता ट्रम्पले चीनले बढाईरहेको सैन्य शक्तिको बारेमा मात्र चिन्ता व्यक्त गरेनन्। उनले चीनले आफनो बौद्धिक सम्पदा र सम्पत्तिहरु पनि चोरी गरिरहेको आरोप पनि लगाए। यता अमेरिकाको भ्रमणमा रहेका अष्टे«लियाका प्रधानमन्त्री स्कट मरीसनले ट्रम्पपछि चीनलाई हेर्ने आफनो दृष्टीकोण प्रस्तुत गरे। उनले चीनसँग आफनो देशको समग्र राजनीतिक साझेदारी रहेको बताए।
उनले चीनसँग आफूहरुको राम्रो सम्बन्ध रहेको बताए। तर, उनले कुनै पनि देशको बिकास र समृद्धीमा उसको क्षमताको पनि पहिचान गरिनु पर्ने बताए। एजेन्सी



लाेकपाटी न्यूज

