काठमाडौं, ४ भदौ। सभामूख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामूखहरुको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गरेका छन्। ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामूख महरा शनिबार बिहान काजिकिस्तान प्रस्थान गरेका हुन्।
यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म काजिकिस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामूखहरुको चौंथो बैठकमा सभामूख महरा नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुनेछ। काजिकिस्तानको अस्तानामा हुने उक्त बैठकमा काजिकिस्तानका लागि नेपाली महावाणिज्यदूत वरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्।
प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमूख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामूखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन्। उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



लाेकपाटी न्यूज

