काठमाडौं, ४ असोज । शनिबार बिहानैदेखि मौसम सफा छ । तर, रातिको समयमा भने देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले आज (शनिबार) रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पानी पार्ने बादलसहितको हावा आउने भन्दै श्रेष्ठले त्यही हावाले नेपालमा पानी पर्ने गरेको बताए।
तर, गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने उनको अनुमान छ। अहिले बिहान भने देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली छ। अहिले कतै घाम लागेको र कतै बदली भएको मौसमविद् श्रेष्ठले जानकारी दिए।



लाेकपाटी न्यूज
