नेपाल शान्ति सेना थप्न तयार

santisena
लाेकपाटी न्यूज

काठमाडौं, ४ असोज। यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औं बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत\लगानी अपुग रहेको’ भन्दै यसका लागि अन्तर्रा्ष्ट्रिय समुदायको सहयोग–समन्वयको अपेक्षा गर्ने भएको छ।

‘राष्ट्रयसंघीय शान्ति स्थापनाको मिसनमा यदी आवश्यक परेमा नेपालले थप शान्ति सेना पठाउन सक्नेबार ध्यानाकर्षण गराइनेछ,’ महासभा बैठकमा सहभागी हुन शनिबार न्युयोर्क जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।

अहिले विश्वका ११ देशमा रहेका १२ मिसनमा गरेर ५ हजार ९४ नेपाली सेना शान्ति स्थापनार्था खटिएका छन्। नेपालले सन् १९५८ यता राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत विभिन्न देशमा सेना पठाउन थालेको हो। यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्