नवलपरासीमा संविधान दिवस : कतै खुसीयाली, कतै विरोध

लाेकपाटी न्यूज

काठमाडौं, ३ असोज। संविधान दिवसको दिन पारेर नवलपरासीमा संविधान दिवस मनाइएको छ। जिल्लाको सदरमुकाम परासीमा प्रभातफेरी गरि संविधान दिवस मनाइएको हो ।संविधान दिवस मूल समारोह समिति द्धारा जिल्ला्र प्रशाशन बाट सुरु भएको प्रभात फेरी रामग्राम परिसरमा पुगेर समापन गरिएको थियो ।

सो अवसरमा प्रदेश संसद वैजनाथ जैसवाल, जिल्ला समन्वय समितिका प्रमूख शिव शंकर राय, रामग्राम नगरपालिकाका प्रमूख नरेन्द्र गुप्ता प्रमुख जिल्ला अधिकारी सम्भु मरासीनी लगायतले मनतब्य राखेका छन्।

त्यस्तै गरि नवलपरासीको सुनवल नगरपालिकाले पनि संविधान दिवस एवं राष्ट्रिय दिवस २०७६ को अवसरमा प्रभातफेरि एवम मूल कार्यक्रम गरेको छ। नगरप्रमूख भिम बहादुर थापाको अध्यक्षता तथा उपप्रमूख ददिराम अर्यालको स्वागतमा रहेको कार्यक्रममा सुनवल नगर भित्रका व्यवसायी, उद्यमी, संघ , संस्था, बिद्यालय, राजनैतिक पार्टी, कर्मचारी साथै नगरवासीको उत्साहजनक उपस्थिति रहेको थियो।

यसै गरि संविधान दिवसको अवासरमा सरावल गाउँपालिकाले पनि संविधान दिवस तथा प्रभातफेरी सम्पन्न गरेको छ। पश्चिम नवलपरासीको वर्दघाट नगरपालिका , पाल्हीनन्दन गाउपालिका ,प्रतापुर गाउँपालिका, सुस्ता गाउँपालिका मा पनि संविधान दिवस मनईएको छ।

त्यस्तै पूर्व नवलपुर जिल्लामा पनि संविधान दिवसको दिन विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ भने डण्डाको गौडाचोकमा आदीवासी जनजातिहरुले संविधानको विरोध स्वरुप कालो झण्डा टागेर विरोध पनि गरेका थिए। जिल्लाभरि नै आजै साझँ दिपावलि गरि संविधान दिवस मनाउने कार्यक्रम रहेको संविदान दिवस मूल समारोहले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्