संविधान दिवस : पाँच व्यवसायी र बैंकरलाई पदक सम्मान, कसलाई कुन पदक ?

लाेकपाटी न्यूज

काठमाडौं, ३ असोज। संविधान दिवसका अवसरमा सरकारले ५ जना व्यवसायी र बैंकहरुलाई पदक दिने भएको छ। शुक्रबार संविधान दिवसको अवसर पारेर सरकारले निजी क्षेत्रका ५ व्यक्तिहरुलाई विभिन्न पदकबाट विभूषित गर्ने भएको हो।

जसमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उद्योग वाणिज्य महासंघकै उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललगायत छन्।

त्यसैगरी, एनआइसी एसिसा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र व्यवसायी अशोक अग्रवाल पनि पदक पाउनेको सूचीमा छन्।

यीमध्ये चेम्बर अध्यक्ष राजेश अग्रवाललाई सुकीर्तिमय राष्ट्रदीप पदक (तृत्तीय), राणा, ढकाल र अग्रवाललाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी) पदक र एनआइसी एशिया बैंकका सीईओ न्यौपानेलाई प्रवल जनसेवा श्री (चुतुर्थ) पदक दिने भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्