काठमाडौं। वि.सं. २०१५ सालमा नै पहिलोपटक संविधान शब्दावलीको प्रयोग गरिएको थियो। यो संविधान २०१५ को आम चुनावपछि जारी गरिएको थियो। उक्त संविधान राजा महेन्द्रले जारी गरेका थिए।
नेपाल हिन्दुराज्यको रुपमा परिभाषित, देवनागरी लिपिको नेपाली भाषा राष्ट्र भाषा, सार्वभौमसत्ता राजामा निहित, द्विसदनात्मक व्यवस्थापिक (महासभा र प्रतिनिधिसभा), लोकसेवा आयोग, महालेखा परीक्षकको व्यवस्था संवैधानिक, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सर्वोच्च स्थानमा श्री ५ रहने व्यवस्था यस संविधानका प्रमूख विशेषता थिए।
तर, महेन्द्रले जारी गरेको संविधान जम्मा २२ महिना अस्तित्वमा रह्यो। राजा महेन्द्रले बिपीको जननिर्वाचित सरकारलाई अपदस्त गरी पञ्चायतको घोषणा गरे। यस्तो थियो २०१५ को संविधान (पूर्णपाठ)।



लाेकपाटी न्यूज

