काठमाडौं। ३० वर्ष लामो पञ्चायती व्यवस्थाको अन्त्यपछि नेपाल अधिराज्यको संविधान, २०४७ जारी गरिएको थियो। २०४७ को संविधानले २०१९ को संविधान प्रतिस्थापन गर्नुका साथै बहुदलीय प्रजातन्त्रको जग बसालेको थियो, यद्यपि, जनतामा निहित सार्वभौमसत्ता राजाले चाहेको बेला खोस्न सक्ने व्यवस्था संविधानमा थियो।
२०४६ सालको जनआन्दोलनपछि राजा, कांग्रेस र वाम मोर्चाबीच सम्झौता भयो। त्यसपछि नयाँ संविधान निर्माणका लागि संविधान सुझाव आयोग गठन गरियो। उक्त आयोगमा राजा, कांग्रेस र वाम मोर्चाका प्रतिनिधि थिए। उनीहरुको सिफारिसमा राजा वीरेन्द्रले नेपाल अधिराज्यको संविधान, २०४७ जारी गरेका थिए।
सार्वभौमसत्ता पहिलोपटक नेपाली जनतामा निहित, राष्ट्रिय सभा र प्रतिनिधि सभाको व्यवस्था, मृत्युदण्डको सजाय हुने गरी कानून बनाउन नपाइने, कार्यकारिणी अधिकार श्री ५ र मन्त्रीपरिषदमा रहने, स्वतन्त्र न्यायपालिका, संवैधानिक परिषदको व्यवस्था, बहुदलीय व्यवस्था यो संविधानका प्रमूख विशेषता थिए।
यस्तो थियो २०४७ को संविधान (पूर्णपाठ)



लाेकपाटी न्यूज

