काठमाडौं, ३ असोज।आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ।
नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वा्चित प्रतिनिधिले संविधान सभामार्फत् ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिन हो आज।
संविधान दिवस विविध कार्यक्रमसहित भब्य रूपमा मनाइँदै छ। वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए।
संविधानका मूल विशेषतामा आवधिक निर्वाचन, लोकतान्त्रिक मूल्य र मान्यता, कानूनको शासन, कानूनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र समाजवाद छन्। संविधान दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।



लाेकपाटी न्यूज

