संसदमा किन कड्किए देउवा ? (सम्बोधनको पूर्णपाठ)

sherbdr Deuba
लाेकपाटी न्यूज

काठमाडौं, २ असोज। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरक्षाको विषयलाई लिएर संसदमा कड्किएका छन्। आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले बाँके घटनालाई जोड्दै- ‘यो राज्यमा को सुरक्षित छ?’ भनी प्रश्न सोधे।

कांग्रेसको दोस्रो चरणको जागरण अभियानमा बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको विषयमा देउवाले भने, ‘जागरण अभियानको क्रममा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँचिदिएको छ। हलभित्र कार्यक्रम गर्दा पनि वृद्ध महिलाको हात भाँचिन्छ भने भने तपाईको राज्यमा को सुरक्षित छ?’

प्रजातन्त्र जोगाउन फेरि लड्नुपर्ने अवस्था आएको उल्लेख गर्दै संविधान प्रचलनमा संविधानले कल्पना गरेको र मर्मअनुरुप काम यो सरकारले गर्न नसकेको दाबी गरे। भने, ‘पछिल्लो समय संविधानको मर्मअनुरुप काम गरेको छैन। यो सरकारले संविधानप्रति अपनत्व कायम गर्न असफल भयो।’

कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र संविधान आएपछि ३ तहको निर्वाचन सफल भएको स्मरण उनले गरे। पछिल्लो निर्वाचनपछि वर्तमान सरकारले संविधानको अपनत्वको दायरा बढाउन र सर्वस्वीकार्यता बढाउन नसकेको उनको भनाइ थियो।

सम्बोधनको पूर्णपाठ