काठमाडौं, २ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट देशवासीका नाममा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। प्रधानमन्त्रीले आज दिउँसो साढे २ बजे गर्ने भनिएको सम्बोधन स्थगित भएको हो।
उनलको निजी सचिवालयका अनुसर संविधान दिवसको अवसरमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आजको सम्बोधन स्थगित भएको हो। आज प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधनसँगै दुबै सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो।



लाेकपाटी न्यूज

