काठमाडौं, २ असोज। नेकपाले असोज ६ र ७ गते काठमाडौंमा केन्द्रीय प्रशिक्षण (पार्टी स्कुल) चलाउने भएको छ। नेकपाले एकीकरणपछि पहिलो पटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने भएको हो।
सम्मेलनको तयारीका लागि चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि बुधबार काठमाडौं आइसकेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमूख सोङ ताओले सम्मेलन उद्घाटन गर्नेछन्। सोङ शानिबार नेपाल आउँदैछन्।
त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरुको वैचारिक रानीतिक कार्यपत्र प्रस्तुत हुने नेपकपा स्कूल विभागका उपप्रमूख देवेन्द्र पौडेलले बताए। पौडेलका अनुसार सम्मेलनमा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुईवटा प्रतिवेदन प्रस्तुत हुनेछ।
पार्टीका दुबै अध्यक्ष प्रधानमन्त्री केपी ओली, प्रचण्ड, पार्टीका अन्य केही वरिष्ठ नेता, विदेशी भाइचारा पार्टीका नेताहरुले सहभागीलाई प्रशिक्षण दिने तयारी छ। प्रशिक्षकलाई प्रशिक्षण दिने विषयवस्तु नै तोकेर कार्यक्रम तय गरिएको छ, नेताहरुले एकै विषयमा केन्द्रीत हुन सक्ने देखेर विषय वस्तु नै तोकेर प्रशिक्षक तय गरिएको स्कूल विभागका नेताहरुले बताएका छन्।
पार्टीका मात्र नभई पार्टी बाहिरका नेताहरुलाई पनि विषयवस्तु हेरेर विषय विज्ञताका आधारमा प्रशिक्षणका लागि सहभागी गराइने तयारी पनि नेकपाको स्कूल विभागले बनाएको छ। सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभागका प्रमूख ईश्वर पोखरेलले बताए।



लाेकपाटी न्यूज

