नेपाल वायुसेवा निगम सुधारका लागि १३ बुँदे प्रतिवेदन

Yogesh-Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, १ भदौ। नेपाल वायुसेवा निगम सुधारका लागि समितिले १३ बुँदे प्रतिवेदन बुझाएको छ। नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको हो।

समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगम सुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो। पूर्वसचिव शुशील घिमिरे नेतृत्वको ५ सदस्यीय समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले समितिको प्रतिवेदन अधययन गरेर तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए।

प्रतिवेदनमा निगम आर्थिक रुपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिइएको छ।जसमा सरकार र पब्लिकको समेत लगानी हुनेछ। त्यस्तै प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनुका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महंगो व्याजदरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवश्यक देखिएको, संस्थागत पुर्नसंरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएको लगायत छन्।

त्यस्तै विगमसँग थरिथरिका विमान भएकाले मर्मत लगायतमा खर्च बढेको, जहाजसंख्या थोरै भएको, भएका जहाज पनि अधिकांश ग्राउण्डेड हुने गरेको, निगमका ६ वटा जहाजबाट मात्रै गत आर्थिक बर्षमा ९१ करोड रुपैयाँ घाटा बेहोरेको उल्लेख छ। प्रतिवेदन बुझ्दै मन्त्री भट्टराइले प्रतिवेदन मनत्रालयको वेभसाइडमा राखेर त्यसमा सर्वसाधारण र अन्य विज्ञको समेत सुझावलाई ध्यानमा राखेर कार्यन्वयनमा जाने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्