चितवन, १ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन्। बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताए।
‘कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन, नेता श्रेष्ठले भने ’, ‘यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ ।’ उनले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताए। ‘कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्, उनले भने’, ‘हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुराहरु यो बेठीक हो भनेर जनतामा जानुपर्छ ।’
नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिए। एकताले पूर्णता पाएको भन्दै उनले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गरे।



रासस न्यूज

