राजनीतिक विभेदका कारण प्रतिभाले उपेक्षित हुनु पर्दैन : प्रधानमन्त्री

PM_KP_Oli
लाेकपाटी न्यूज

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरतका कारण प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन्।

राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट कुनै पनि प्रतिभाले मुलुकबाट उपेक्षित हुन नपर्ने स्पष्ट पारेका हुन्।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अंगीकार गरेको प्रधानन्त्री ओलीको सन्देशमा उल्लेख छ।

विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्