काठमाडौं, १ असोज। चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ। पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्।
अहिले निगमसँग ५६ सीट क्षमताका दुईवटा एमए–६० र १७ सीट क्षमताका चारवटा वाई–१२ इ गरी ६ वटा चिनियाँ जहाज छन् । सरकारले २०७१ सालमा एकरएकवटा र २०७४ मा चारवटा गरी ६ चिनीयाँ जहाज ल्याएको थियो ।
निगमका चार वाई–१२ यीमध्ये तीनवटा मात्रै उडानयोग्य छन् भने जनशक्ति र पार्टपूर्जाको अभावमा दुईवटाले मात्र नियमित उडान गरिरहेका छन्। एउटा वाई–१२ ई भने करिव ७ महिनादेखि ग्राउन्डेड छ। त्यस्तै दुईवटा एमए–६० मा एउटामात्रै उडान योग्य छ। यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन्।



लाेकपाटी न्यूज

