राजनीतिक पहुँचमा ठेकेदार कम्पनी, काम नगर्ने ५८ ठेकेदार कालो सूचीमा

thekedar
लाेकपाटी न्यूज

काठमाडौं, १ असोज। राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ।

कानूनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो। मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा भएको देखाएको थियो। तर अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्र कालो सूचीमा राखिएको छ। यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्