पूर्व विधार्थी एकता समाजले बनायाे कृष्ण मा.विमा स्मार्ट लाइब्रेरी

लाेकपाटी न्यूज

काठमाडाैं, ३१ भदाै । पूर्व विधार्थी एकता समाजको सहयोगमा निर्मित श्री कृष्ण मा.वि., टिमुको स्मार्ट लाइब्रेरी उद्घाटन भएकाे छ। २९ औं बाल दिवसको अवसरमा साे लाइब्रेरीकाे नेपाल सरकारका पूर्व गृह राज्यमन्त्री एवं प्रतिनिधि सभा सांसद माननीय श्याम कुमार श्रेष्ठ कुशलको प्रमूख आतिथ्यतामा उद्घाटन गरिएकाे हाे।

साे लाइब्रेरी उद्घाटन कार्यक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष मैन कुमार मोक्तान मदन, जिल्ला कमिटी सचिव एवं प्रदेश सभा सांसद माननीय शान्ति प्रशाद पौडेल, खाँडादेवी गा.पा. अध्यक्ष प्रेम बहादुर तामाङ र साविक अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव उत्तम अधिकारी, सचिव डि.वि साउद लगायतको विशेष आतिथ्यता रहनुका साथै अन्य विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नु हुने अतिथि, विद्यालय प्रशासन, वि.व्य.स., शिक्षक, कर्मचारी,अविभावक र विधार्थीहरुको भव्य उपस्थिति रहेकाे थियाे।

डेढ महिनाको छोटो तयारीमा खाँडादेवी गाउँपालिकामै एउटा नमुना लाइब्रेरी स्थापना गर्न सफल भएकाे एकता समाजले बताएकाे छ। विद्यार्थी एकता समाजका एक अभियन्ताले भने,  यो लाइब्रेरीको स्थापनाले युवा विधार्थीहरुमा राम्रो पठन संस्कृतिको विकास हुनुका साथै विद्यालयको समग्र रिजल्ट सुधारमा टेवा पुग्नेछ भन्ने विश्वास लिएका छौं। यस अवसरमा हामीलाई यो स्मार्ट लाईब्रेरी निर्माणमा नेतृत्व गर्ने अवसर प्रदान गर्नु हुने विद्यालय प्रशासन , वि.व्य.स. , अविभावक र पूर्व विधार्थी एकता समाजमा आबद्ध सम्पूर्ण अग्रज तथा साथीहरुलाई धन्यवाद दिन्छाैं।

उनले डेढ महिनादेखि निरन्तर अनेक कठिनाइका बाबजुत पनि एउटा अभियन्ताको रुपमा साथ दिने सबैप्रति कृतज्ञता प्रकट गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्