दुई लाख राशिको लेख रचना प्रतियोगिता गराउँदै नेपाली सेना

nepalarmy
लाेकपाटी न्यूज

काठमाडाैं, ३१ भदाै। नेपाली सेनाले ठूलो पुरस्कार राशिको लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। सेनाले खुला सामरिक लेख रचना प्रतियाेगिता गराउने भएकाे हाे।

सेनाले एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक सैनिक सम्बन्ध, सैनिक कूटनीतिसँग सम्बन्धित लेख रचना इच्छुक लेखकहरुबाट मागेको हो।

प्रतियोगितामा प्रथम हुनेले २ लाख, दोस्रो स्थान पाउनेले १ लाख, तेस्रो स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने सेनाले जनाएको छ। त्यस्तै २७ जनालाई सान्त्वनास्वरुप १० हजार नगद पुरस्कार प्रदान गरिने सेनाले जनाएको छ। उक्त लेखरचनाका लागि असोज १ देखि कात्तिक ३० सम्ममा प्रस्तावित शीर्षक बुझाउनुपर्ने र मंसिर १ देखि माघ १५ सम्ममा लेखरचना तयारी गरी इमेलमार्फत पठाउनुपर्नेछ।

त्यस्तै लेखरचना राजनीति निरपेक्ष हुनुपर्ने, २ हजारदेखि २५ सय शब्दसम्ममा सक्नुपर्ने, अंग्रेजी वा नेपाली जुनसुकै भाषामा पनि लेख्न सकिने सेनाले जनाएको छ। हुबहु वा अन्य चोरी कार्यबाट आउने लेखरचनालाई सुरुवाती चरणबाटै हटाइने पनि सेनाले स्पष्ट पारेको छ। तर सन्दर्भ स्रोत  भने उल्लेख गर्न सकिने जनाइएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्