लाेकपाटी न्यूजकाठमाडौं, ३१ भदौ। नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बैतडी जिल्ला नेता लोकेन्द्र राना ‘विक्रम’लाई निलम्बन गरेको छ। विप्लव नेकपा माओवादीको बैतडी जिल्ला बैठकले उनलाई पार्टीबाट निष्कासन गरेको हो। बैतडी जिल्ला सेक्रेटरी विवेकले विज्ञप्ति जारी गर्दै पार्टीको नीति विपरीत बहु विवाह र आर्थिक अनियमितता गरेको आरोपमा उनलाई पार्टीबाट निष्कासन गरेको बताएका छन्। पार्टीको अनुशासन […]
काठमाडौं, ३१ भदौ। नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बैतडी जिल्ला नेता लोकेन्द्र राना ‘विक्रम’लाई निलम्बन गरेको छ। विप्लव नेकपा माओवादीको बैतडी जिल्ला बैठकले उनलाई पार्टीबाट निष्कासन गरेको हो।
बैतडी जिल्ला सेक्रेटरी विवेकले विज्ञप्ति जारी गर्दै पार्टीको नीति विपरीत बहु विवाह र आर्थिक अनियमितता गरेको आरोपमा उनलाई पार्टीबाट निष्कासन गरेको बताएका छन्।
पार्टीको अनुशासन विरोधी भूमिका खेलिरहेका कारण विक्रमलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको विज्ञप्तिमा उल्लेख छ।




लाेकपाटी न्यूज

