मेलम्ची आयोजनाका प्रमूखमा तिरेशप्रसाद खत्री

Tireshprasad Khatri
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। तिरेशप्रसाद खत्री मेलम्ची खानेपानी आयोजनाका प्रमूख भएका छन्। खानेपानी तथा सरसफाई मन्त्री विना मगरले तिरेशप्रसाद खत्रीलाई आयोजनाको प्रमूख बनाएकी हुन्।

खत्री लामो समयदेखि मेलम्ची काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रमूख थिए। पीआईडीले मेलम्चीका पाइप बिछ्याउने र ट्यांकीहरु बनाउने काम गर्ने गर्छ । खत्रीलाई मलेम्ची खानेपानी आयोजनाबारे राम्रो ज्ञान छ। उनी लामो समयदेखि पीआईडीमा बसेर काम गरेका आयोजना प्रमूख हुन् ।

ठेकदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ। यो कम्पनी हाल माथिल्लो तामाकोसीको प्रमूख ठेकदार हो। सरकारले गत जेठमा ल्याएको नीति तथा कार्यक्रममा एक वर्ष्भित्र मेलम्ची ल्याउने जनाएको थियो।सरकारले आगामी वर्षको बजेटमार्फत् मेलम्चीका लागि लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ। यो रकम काठमाडौंमा पाइप बिछ्याउन पनि उपयोग हुनेछ ।

मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । तर, त्यसमा ढिलाइ भइरहेको छ। २ वटा प्याकेजमा खुला बोलपत्र आहृवान गरिएको थियो भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकदारलाई दिइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्