काठमाडाैं, ३० भदाै। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभसँग भेट गरेका छन् ।
भेटका अवसरमा दुई पक्षीय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल भएको चेम्बरले अफ कमर्सले जनाएको छ ।
सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेला तथा प्रदर्शनीमा सहभागिताका साथै चेम्बर एक्स्पो २०२० बारे समेत छलफल भएको जनाइएकाे छ ।



लाेकपाटी न्यूज
