ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि प्रवेश निषेध

gyanendra-shahi
लाेकपाटी न्यूज

धनुषा, ३० भदाै। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले पनि ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।

युवा संघ नेपाल धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध गर्ने घोषणा गरेको हो । अध्यक्ष सरोज यादवद्वारा जारी गरिएको विज्ञप्तिमा भदौ २८ गते नेपालगञ्जस्थित एयरपोर्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई धनुषा जिल्लामा कुनै पनि प्रकारको कार्यक्रम गर्न नदिने र प्रवेश निषेध गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्