‘संविधान दिवसलाई कालाे दिन भन्दैनाैं, दीपावली पनि गर्दैनाैं’

upendra baburam bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, ३० भदाै। सत्तारुढ समाजवादी पार्टीले नयाँ संविधान जारी भएको दिन दीपावली नगर्ने र कालाे दिवस पनि नमनाउने निर्णय गरेकाे छ।

नेपालकाे संविधान–२०७२ जारी भएकाे दिन असाेज ३ लाई कालो दिवसका रुपमा नमनाउने र त्याे दिन दीपावली पनि नगर्ने भन्दै पार्टीले दुबै खाले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको हाे ।

सरकारले भने ३ असोजलाई भब्य रुपमा मनाउने बताएको छ र नागरिकलाई पनि तीन दिनसम्म घरघरमा दीपावली गर्न अपिल गरेको छ । तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले भने संविधान त्रुटीपूर्ण रहेको भन्दै दीपावली नगर्ने निर्णय गरेको छ ।

असोज ३ मा सात वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने पार्टीकाे निर्णय भएको प्रचार विभाग प्रमूख प्रशान्त सिंहले जानकारी दिए ।