काठमाडौं, ३० भदौ। नेपाल वायुसेवा सञ्चालक सङ्घले चाडपर्वको अवसर पारेर हवाई यात्रीलाई १० प्रतिशत छुट दिने भएको छ। वायुसेवा सञ्चालक सङ्घको यो निर्णयलाई पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन्।
सोमबार मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, ‘चाडबाडका अवसरमा हवाई यात्रीलाई १० प्रतिशत भाडा छुट् दिने वायुसेवा संचालक संघको निर्णयको स्वागत गर्दछु, अब जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट् दिने विषयमा पनि संघबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछु।’
यस अघि मन्त्री भट्टराईले जेष्ठ नागरिकहरुलाई पनि ५० प्रतिशत छुट गर्ने घोषणा गरेका थिए। उनले यस विषयमा सङ्घबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताएका छन्।



लाेकपाटी न्यूज

