अदालतको आदेशपत्र च्यातेकाे अभियाेगमा मेयर चाैधरीविरुद्ध मुद्दा

Dwariklal chaudhary
लाेकपाटी न्यूज

काठमाडाैं, ३० भदाै। अदालतको अवहेलना गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिकाका नगर प्रमूख द्वारिकलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ ।

नगर प्रमूख चौधरीले उच्च अदालत विराटनगरको आदेशपत्र भदाै २६ मा च्यातेर अवहेलना गरेको भन्दै इटहरीकै खडानन्द आचार्य, दुर्गाकुमारी प्रसाईं र कमला चौलागाईंले आइतबार मुद्दा दायर गरेका हुन् ।

उच्च अदालत विराटनगरमा दायर गरिएको निवेदनमा नगर प्रमूख चौधरीलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । यस्तै, निजी जग्गामा मनलाग्दी ड्रेन र कल्भर्ट खन्ने काम भएको भन्दै त्यसलाई रोक्न पनि माग गरिएको छ ।

उच्च अदालत विराटनगरले निजी जग्गामा जथाभाबी ड्रेन र कल्भर्ट खन्ने काम भएको भन्दै त्यस्तो कार्य रोक्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशपत्र लिएर नगर प्रमुख चौधरीलाई बुझाउन जाँदा उनले प्रहरीकै अगाडि पत्र च्यातेर फालिदिएका थिए ।

यसअघि कर्मचारी र पत्रकारमाथि अभद्र व्यवहार गरी नगर प्रमुख चौधरी विवादित बनेका थिए । धेरै आलोचना भएपछि उनले माफी मागेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्