डेंगुले दुईको मृत्यु, ५ सय बिरामी

Dango pic
लाेकपाटी न्यूज

सुरुङ्गा, ३० भदौ। झापामा डेंगु रोग अझै नियन्त्रणमा आउन सकेको छैन। ३ महिना अगाडी देखा परेको डेंगु रोग जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय नगपालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार अहिले पनि डेंगुका रोगी ५०० भन्दाबढी छन्। उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए। उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ।

डेंगु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ। स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भएपनि जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलको भनाइ छ।

डेंगुका कारण झापामा हालसम्म २ जनाको मृत्यु भइसकेको छ। यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको सङ्ख्या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुनसक्ने पौडेलले बताए। झापामा डेंगु पहिलोपटक मेचीनगरमा फेला परेको थियो। झापाका मेचीनगर, विर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेंगुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्