काठमाडौंमा पाइपलाइनबाट तेल

petrolium-pipeline
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, ३० भदौ। अमलेखगन्जसम्म पाइपमार्फत् आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौंसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ।

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत् तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत् पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो ।

आइओइका पूर्व्डिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा बुस्टिङ पम्पमार्फत् प्रेसर दिएर पाइपमार्फत् काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन स

किने सम्भावना देखिएको बताए। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्