काठमाडौं, २९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले बीआरआईबाट नेपालले बहुआयामिक क्षेत्रमा लाभ लिन सक्ने बताएका छन्। चीनले अघिसारेको यो अवसरलाई नेपालले प्रयोग गर्न सक्नु पर्ने बताए।
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको कार्यक्रममा उनले नेपाले उठाउन पर्न लाभ उठाउन नसकेको समेत उल्लेख गरे। अब नेपालले यस्ता अवसहरुको प्रयोग पूर्णरुपमा गर्नु पर्ने बताए। उनले नेपालको समृद्धी र विकासका लागि बीआरआई एक महत्वपूर्ण अवसर भएको बताए। उनले नेपालको आवश्यकताको पहिचान, खोज अध्यायन गर्नु पर्ने बताए।
त्यसपछिमात्र आवश्यकता सम्बोधन र विशलेषण गर्न सकिने उनको भनाइ छ। बीआरआईबाट लिन सकिने उल्लेख गर्दै उनले नेपालको उन्नति र प्रगतिमा आवश्यकता पहिचान गर्न उनले आग्रह पनि गरे। उनले यसका जटिल विषय र आलोचनाका विषयहरुको बारेमा व्यापक अनतर्क्रिया मार्फत पहिचन गर्नु पर्ने बताए।
बीआरआईले अहिले सम्मको फरक अवधारणाबाट आएको समेत उनले बताए। यसले अन्तराष्टिय समबन्ध स्थापनि गर्न महत्वपूर्ण सावित हुने तर्क गरे। बीआरआई कसैमाथि शोषण र आफ्नो देशको स्वार्थकालागि नआएको उनले बताए। समग्र देशको आर्थिक विकासका दृष्टिकोणबाट यो अवधारणा विकसित भएको उनको भनाइ छ। यसबाट उत्पाद र विश्वव्यापिकरणका लागि राम्रो वातावरण तयार हुने बताए।
देशहरु एक तर्फि विकासमा मात्र केन्द्रित भइरहेको बेला बीआरआई व्यापकसाथ अघि आएको उनको भनाइ छ। समग्र आर्थिक विकासका लागि महत्वपूर्ण पूर्वाधारको रुपमा बीआइआर रहेको उनले बताए।



लाेकपाटी न्यूज

