बाँके घटनालाई राजनीतिक रुपमा नलिन गृहमन्त्रीको अनुरोध

Ram_Bahadur_Thapa
लाेकपाटी न्यूजकाठमाडौं, २९ भदौ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँके घटनाका दोषीमाथि सरकारले कारबाहीको प्रक्रिया सरु गरिसकेको बताएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कारबाही प्रक्रिया अघी बढाएको बताए। कांग्रेसले दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा भएको कार्यक्रमको क्रममा झडप भएको थियो। सो घटनाबारे आइतबार संसद बैठकमा कांग्रेसले […]
लाेकपाटी न्यूज

काठमाडौं, २९ भदौ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँके घटनाका दोषीमाथि सरकारले कारबाहीको प्रक्रिया सरु गरिसकेको बताएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कारबाही प्रक्रिया अघी बढाएको बताए।

कांग्रेसले दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा भएको कार्यक्रमको क्रममा झडप भएको थियो। सो घटनाबारे आइतबार संसद बैठकमा कांग्रेसले प्रश्न उठाएको हो। कांग्रेस सांसदहरुले सत्तारुढ दलमाथि उक्त घटनाका बारेमा केही आरोप समेत लगाएका थिए।

जवाफमा मन्त्री थापाले सत्तारुढ पार्टीले निर्देशनमा उक्त घटना नभएको बताए। तर नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने उनले स्वीकार गरे। उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर नेकपाको नीति निर्देशन होइन।’

यो घटना राजनीतिक रुपमा भएको भन्दा देशभरका स्थानीय तहमा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुनसक्नेतर्फ गृहमन्त्रीले कांग्रेसको ध्यानाकर्षण गराए। उनले भने, ‘यो घटनालाई राजनीतिक रुपमा नलिन सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु।’ उनले केही पक्राउ परिसकेको भन्दै गृहमन्त्रीले दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्